×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महिला लघुवित्त वित्तीय संस्थाको ४ लाख कित्ता आइपीओ शुक्रबार बाँडफाँट गर्ने तयारी, कतिले पाउँदैछन् सेयर ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार

PRIME CA
laxmi sunrise bank

महिला लघुवित्त वित्तीय संस्थाको ४ लाख कित्ता आइपीओ शुक्रबार बाँडफाँट गर्ने तयारी, कतिले पाउँदैछन् सेयर ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको ४ लाख कित्ता आइपीओ शुक्रबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङका अनुसार संस्थाको आइपीओ शुक्रबार बाँडफाँट गर्ने तयारी गरिएको हो । यद्दपी केहि काम बाँकी रहेकाले धितोपत्र बोर्डमा रिपोर्ट नपठाएकाले अन्तिम निर्णय भने भइनसकेको बिक्री प्रबन्धकले जनाएको छ ।
संस्थाको आईपीओमा कुल २ अर्ब ३४ करोड ३३ लाख ७७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ भने १५ लाख ४० हजार ४८ जनाले २ करोड ३४ लाख ३३ हजार ७७० कित्ताका लागि आवेदन दिएका छन् । जसकारण सेयर पाउन भने भाग्यमै पर पर्नुपर्नेछ । यता ३ लाख ७५ हजार कित्तालाई आधार मान्दा ३७ हजार ५०० जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ भने १५ लाख २ हजार २ हजार ५४८ जना भने आइपीओ पाउनबाट बञ्चित हुनेछन् ।कम्पनीले माघ ३० गतेबाट फागुन ५ गतेसम्म ४ लाख कित्ता आइपीओ बिक्री खुला गरेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: