×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाद्वारा फिल्ड सहायक कर्मचारीलाई २ दिने तालिम

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाद्वारा फिल्ड सहायक कर्मचारीलाई २ दिने तालिम

Artha Sarokar

१६ फाल्गुन २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । मेरो माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडले फिल्ड सहायक कर्मचारीहरुलाई कार्यदक्षता अभिवृद्धि, सामाजिक परिचालन तथा धितो प्रमाणीकरणसम्बन्धी तालिम सम्पन्न गरेको छ । दुई दिनसम्म सञ्चालन भएको उक्त तालिममा संस्थाका अनुगमन कार्यालय बट्टार नुवाकोट र मनमैजु काठमाडौंका सम्पूर्ण फिल्डका कर्मचारीहरु लाभान्वित भएका छन् । सो अनुगमन कार्यालय बट्टार अन्तर्गत तीन जिल्लाका ८ शाखा कार्यालय र मनमैजु अन्तर्गत ८ जिल्लाका १२ शाखा कार्यालयका ५४ जना कर्मचारीहरुको सहभागीता रहेको थियो ।
तालिममा कर्मचारीहरुलाई फिल्डसम्बन्धी विभिन्न प्रकारका जोखिम तथा अनुपालन सम्बन्धमा जानकारी गराइनुका साथै सम्भावित जोखिमका प्रभाव एवम् जोखिम न्यूनिकरण सम्बन्धी उपायहरु बारे सहभागीहरुलाई तालिम दिइएको थियो । समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरी दाहालले फिल्डमा कार्य गर्ने कर्मचारीहरुको विशेष जिम्मेवारी रहने हुँदा उनिहरुको सकारात्मक सोच र उर्जाशील प्रयत्नबाट संस्था दिगो बिकासमा टेवा पुग्ने हुदा संस्थाको लक्षित उद्देश्य हासिल गर्नतर्फ अग्रसर हुन आह्वान गरे ।
तालिमको सहजीकरण भुमि ब्यवस्थापन तालिम केन्द्रका निर्देशक लेखनाथ दाहाल, काठमाडौं तालिम केन्द्रका प्रबन्धक राज बहादुर गिरी, संस्थाका तालिम बिभाग प्रमुख उमेश मान डङ्गोलले गर्नु भएको थियो । यस प्रकृतिका तालिमलाई भविष्यमा पनि निरन्तरता दिइने र कर्मचारीहरुलाई काममा उत्प्रेरणा जगाउने लक्ष्य लिइएको संस्थाले जनाएको छ । मेरो nमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेड नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहि खोल्न लागेका नयाँ शाखा संचालनमा आए पश्चात देशका ६० जिल्लामा १३० शाखा कार्यालय पुग्नेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी