×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शिखर इन्स्योरेन्स कम्पनीका सबै सेवा च्याटबाटै लिन सकिने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

शिखर इन्स्योरेन्स कम्पनीका सबै सेवा च्याटबाटै लिन सकिने

१२ फाल्गुन २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । शिखर इन्स्योरेन्सको च्याटबाट बीमाको सेवा लिनेको सख्या दैनिक बढ्न थालेको छ । सम्पूर्ण बीमा क्षेत्रमा नै पहिलो पटक भाइबर र फेसबुक मेसेन्जरमा च्याटबट प्रयोग गरेर बीमासँग सम्बन्धीत सेवाको बारेमा जानकारी लिन सकिने छ । आफ्ना बीमा सेवाहरु उपलब्ध गराउन थालेको शिखर इन्स्योरेन्सले इन्स्योरेन्स गर्नका लागि अफिससम्म पुग्ने समय नभएका र प्रविधिको दायरालाई बीमा क्षेत्र मार्फत बढाउन सकिने सम्भावना र आवस्यकता महसुस गरि सुरु गरेको च्याटबट नयाँ माध्यम भएको कम्पनीले जनाएको छ ।
घरमा होसा वा अफिस आफूलाई पायक पर्ने र नेटवर्कको सुविधा भएको कुनैपनि ठाउँबाट च्याटबट मार्फत शिखर इन्स्योरेन्समा उपलब्ध पोलिसिहरुको सेवा लिन सकिने भएको छ । यसको लागि फेस वुक मेसेन्जरमा लग इन गर्नुपर्ने हुन्छ भने भाइवरमा कम्पनीको क्युआर कोड स्क्यान गर्नुपर्छ । इन्टरनेटको पहुँच भएका ग्रहाकहरुका लागि यो सुविधा अत्यन्तै सहयोगि र प्रभावकारी छ ।
यसैगरी आफूले लिन चाहेको बीमा सेवाका बारेमा च्याटबट मार्फत जानकारी मात्र गराएमा शिखर इन्स्योरेन्सको सम्बन्धित निकायले तुरुन्तै ग्रहाकसँग कुरा गर्नेछन् । यस पश्चात ग्रहाकले आफ्ना कुरा सरल तथा सहजै राख्न सकिने कम्पनीको दावी छ । च्याटबटका कारण ग्रहाकहरुको समयको बचत हुनुको साथै महामारीका बेला स्वास्थ्य सुरक्षामा आइपर्ने चुनौतिसँग पनि जुँध्न पर्दैन् । च्याटबाट मार्फत शिखर इन्स्योरेन्सको कुनैपनी सेवा तत्कालै लिन पाइने कम्पनीले जनाएको छ ।
कोभिडको कारणले सम्पूर्ण विश्व नै प्रभावित भइरहेको अवस्थामा च्याटबटको सेवा आपतकालिन र सहजताका लागि ग्रहाकहरुले घरमै बसी सुरक्षित तवरले बीमा सेवाहरु लिन सक्छन् । ग्राहाकरुले उतm माध्यमबाट बीमा पोलिसी खरिद, दाबीको जानकारी, बीमा पोलिसीको प्रति इमेल, बीमा नविकरण, बीमा सम्पुष्टी, केवाईसी अपडेट जस्ता सेवाहरु लिन सक्छन् ।
साथै बीमाका ग्राहकहरुले च्याटबटमा आफ्ना सुझावहरु समेत दिन सक्नेछन् । यसका साथै अन्य सुविधाहरु समयसापेक्ष अपग्रेड गरी समावेश गर्दै लाने र निकट भविष्यमा ग्रहाकहरुले सोही माध्यमबाटै बीमालेख प्राप्त गर्न सक्ने व्यवस्था समेत मिलाउने शिखर इन्स्योरेन्सले जनाएको छ । शिखरले ल्याएको उक्त च्याटबटले स–साना कुराका लागि कम्पनी धाउनै पर्ने बाध्यतालाई अन्त्य गर्ने सम्भावन बढ्ने देखिन्छ । हाल शिखर इन्स्योरेन्सले आफ्ना १०३ शाखाबाट २२ भन्दा बढी बीमाहरुको सेवा विस्तार गर्दे आइरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: