
- अर्थ सरोकार सम्बाददाता
भैरहवा । ५० हजार घुससहित सशस्त्रका दुई अधिकृत पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प गैडहवा ३ लोण्डिहवा रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक दधिराम पौडेल र सोही कार्यालयका सशस्त्र प्रहरी नायब निरीक्षक राजेश पासीलाई घुससहित पक्राउ गरेको हो ।
आयोगको बुटवल कार्यालयका सूचना अधिकारी सुरेश भुसालले सेवाग्राहीको काष्ठ फर्निचर उद्योग संचालनमा सहजीकरण गरिदिने भन्दै दुवै अधिकृतले सेवाग्राहीसँग ५० हजार घुस लिइसकेको अवस्थामा गैडहवा ३ बाट नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान भइरहेको बताए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्