×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

६ लाख घुस रकमसहित मालपोतका २ कर्मचारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

६ लाख घुस रकमसहित मालपोतका २ कर्मचारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा

Artha Sarokar

९ फाल्गुन २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । बारास्थित मालपोत कार्यालयका कार्यालय दुई कर्मचारी ६ लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ लाख घुससहित मालपोतका कार्यालय प्रमुख नायब सुब्बा मनोज कुमार खनाल र लेखापढी व्यवसायी बद्री प्रसाद बडाललाई पक्राउ गरेको हो । 
उनीहरुले ‘सेवाग्राहीले खरिद गर्न लागेको जग्गा श्रम विभागबाट रोक्का छ’ भनी सर्जमिन मुचुल्का गरी सिफारिस पठाई फुकुवा गर्ने प्रक्रिया मिलाई फास्ट ट्रयाकबाट पास गराईदिने सर्तमा घुस रकम माग गरेका थिए । सो सूचनाका आधारमा आयोगको टंगालबाट खटिई गएको टोलीले घुस लिइसकेको अवस्थामा जर्गा होटलबाट नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी