×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंक र जीवन्त एडभान्स काठमाडौं इमेजिङ्गबीच सम्झौता, बैंकका ग्राहकले १०% सम्म छुट पाउने

PRIME CA

कुमारी बैंक र जीवन्त एडभान्स काठमाडौं इमेजिङ्गबीच सम्झौता, बैंकका ग्राहकले १०% सम्म छुट पाउने

१२ फाल्गुन २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । कुमारी बैंक लिमिटेडले जीवन्त एडभान्स काठमाडौं इमेजिङ्गसँग सम्झौता गरी आफ्ना सेवाग्राहीहरूलाई विभिन्न सुविधा उपलब्ध गराउने व्यवस्था गरेको छ । बैंकका मार्केटिंग प्रमुख नवीन मुनि बज्राचार्य तथा जीवन्त एडभान्स काठमाडौं इमेजिङ्गका तर्फबाट प्रबन्ध निर्देशक ममता हमाल घिमिरेले हस्ताक्षरगरेका छन् । उक्त सम्झौतापत्र अनुसार जीवन्त एडभान्स काठमाडौं इमेजिङ्गमा एम.आर.आई, सीटी स्क्यान लगायत अल्ट्रा साउण्ड शुल्कमा ग्राहकवर्गले बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १०% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकले आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १६२ एटिएम, २२ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: