
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहलका नायब सुब्बा र लेखापढी पक्राउ परेका छन् । विभागका नायब सुब्बा नरेन्द्र चन्द र लेखापढीको काम गर्ने रामबाबु दाहाललाई ८ हजार घुससहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।
दुबै जनालाई विभाग परिसरबाट आइतबार नियन्त्रणमा लिइएको हो । नासु नरेन्द्र चन्दले सेवाग्राहीलाई सेयर पुँजी बढाएको प्रमाण पत्र लिन लेखापढी रामबाबु दाहाललाई भेट्न भनेका थिए। सोहि क्रममा उनले कर्मचारीहरूमासमेत मिलाउनु पर्छ भन्दै घुस मागेका थिए। उनीहरूमाथि अख्तियारले थप अनुसन्धान गरिरहेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्