×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकको जागिर छोडेर माधव-प्रचण्डको आन्दोलनमा, ‘आन्दोलनमा जान विदा मागें, दिएनन्, जागिर नै छोडिदिएँ’

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बैंकको जागिर छोडेर माधव-प्रचण्डको आन्दोलनमा, ‘आन्दोलनमा जान विदा मागें, दिएनन्, जागिर नै छोडिदिएँ’

Artha Sarokar

२२ माघ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेकपाको दाहाल-नेपाल समूहले पछिल्लो समय नेपाल बन्द लगायतका कार्यक्रम घोषणा गरेको छ । देशभर उक्त समूहले आन्दोलन चर्काएको पनि छ । रमाइलो कुरा त के छ भने, पछिल्लो समय माधव-प्रचण्डले आयोजना गरेको आन्दोलनमा बैंकको जागिर छोडेर आन्दोलनमा जाने व्यक्ति पनि भेटिएको छ ।
‘देश बने, जागिर त पाईहालिन्छ नि !’ बुधबार प्रचण्ड-माधव समूहको आन्दोलनमा भेटिएका ती कार्यकर्ताले भने, ‘बैंकको कर्मचारी भन्दा पहिला म यो देशको इमान्दार नेपाली हुँ । देश प्रतिगमनतिर गएको छ । यसको विरोध गर्नुपर्छ । जागिर भनेको त खाँदै गरौँला नि !’
उनले आफु नेपाल बन्दको कार्यक्रममा पनि सक्रिय भएर लाग्ने बताएका छन् ।
‘आन्दोलनमा जान भनेरै विदा मागें, बिदा दिएनन्, अनि जागिर नै छोडिदिएँ।’ उनले भने ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी