Skip to content
LAXMI SUNRISE BANK

अजोड इन्स्योरेन्सले गर्यो कमालको प्रगति, नाफा ७५.४९% ले बढाएर कमायो ४ करोड ६ लाख रुपैयाँ (विस्तृत विवरणसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा अजोड इन्स्योरेन्सको नाफा ७५.४९% ले बढेको छ । संस्थाले ४ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको विवरण प्रकाशित गरेको हो । गत वर्षको यसै अवधिमा अजोडले २ करोड ३१ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । 
यस्तै  सार्वजनिक विवरण अनुसार कम्पनीले खुद बिमा शुल्क पनि २४.३८% ले बढाएर २० करोड ८६ लाख रुपैयाँ पुगेको छ । रिजर्भ कोषमा ६ करोड ६३ लाख रुपैयाँ रहेको यस संस्थाको प्रतिसेयर आम्दानी ८ रुपैयाँ १३ पैसा र प्रतिसेयर नेटवर्थ ११५ रुपैयाँ ६४ पैसा छ । 
पुस मसान्तसम्म संस्थाले बिमा कोषको आकार पनि बढाएर ८ करोड २७ लाख रुपैयाँ पुर्याएको छ । अजोडले पुससम्म ९ करोड ७४ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ भने चुक्ता पुँजी १ अर्ब रहेको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK