×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एसियन लाइफ इन्स्योरेन्सको महाविपत्ति कोषमा ७ करोड ८८ लाख रुपैयाँ, खुद बिमा शुल्क आम्दानी ३७.१९ प्रतिशतले बढ्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

एसियन लाइफ इन्स्योरेन्सको महाविपत्ति कोषमा ७ करोड ८८ लाख रुपैयाँ, खुद बिमा शुल्क आम्दानी ३७.१९ प्रतिशतले बढ्यो

Artha Sarokar

२९ माघ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १७ करोड ६० लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ४५.०२% ले बढी हो । यस्तै कम्पनीको पुस मसान्तसम्म प्रतिसेयर आम्दानी (वार्षिक) १७ रुपैयाँ ५१ पैसा र प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ८८ पैसा रहेको छ ।
खुद बिमा शुल्क आम्दानी पनि ३७.१९% ले बढेर पुस मसान्तसम्म ३ अर्ब १३ करोड ६२ लाख ७५ हजार रुपैयाँ पुगेको छ भने जीवन बिमा कोष १९ अर्ब ३१ करोड ७२ लाख रुपैयाँबाट बढेर २४ अर्ब ७१ करोड ३५ लाख रुपैयाँ पुगेको छ ।कम्पनीले पुसमसान्तसम्म महाविपत्ति कोषमा ७ करोड ८८ लाख रुपैयाँ छुट्याएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी