
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बैंक अफ काठमाण्डूले संस्थापक सेयर बिक्री खुल्ला गर्ने भएको छ । बैंकले आफ्नो स्वामित्वमा रहेका २ वटा लघुवित्त कम्पनीको ८ लाख ५० हजार कित्ता संस्थापक सेयर माघ २७ गते मंगलबारदेखि लिलामीमा बिक्री खुल्ला गर्ने भएको हो । जसमध्ये छिमेक लघुवित्तको ७ लाख र आरएमडीसी लघुवित्तको १ लाख ५० हजार कित्ता रहेको छ ।
छिमेक लघुवित्तको प्रतिकित्ता सेयर मूल्य ६०० रुपैयाँ र आरएमडीसी लघुवित्तको प्रतिकित्ता सेयर मूल्य ५२० रुपैयाँ तोकिएको छ । उक्त सेयरमा विभिन्न संघसंस्था, कम्पनी र सर्वसाधारण लगानीकर्ताहरुले आवेदन दिन सक्ने भएका छन् । यसमा फागुन ३ गतेसम्म बोलपत्र पेश गर्न सकिने भएको छ । आवेदकले न्यूनतम १०० कित्ता र अधिकतम सबै कित्ताको लागि आवेदन दिन सक्ने भएका छन् ।
२ वटै कम्पनीको लिलामी आवेदन बिओको क्यापिटल मार्केट कमलादी काठमाडौं तथा बैंक अफ काठमान्डूको विराटनगर, विर्तामोड, जनकपुर, वीरगंज, हेटौडा, नारायणघाट शाखाबाट पनि आवेदन दिन सकिने भएको छ । यसैगरी, पोखरा, बुटवल, बाग्लुङ, घोराही, नेपालगञ्ज, धनगढी र सुर्खेतबाट पनि आवेदन दिन सकिने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्