×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अब नेपाल बैंक, वाणिज्य बैंक र कृषि विकास बैंकका कर्मचारीलाई पनि खोप दिइने, परिचयपत्र अनिवार्य ! (भिडियो)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

अब नेपाल बैंक, वाणिज्य बैंक र कृषि विकास बैंकका कर्मचारीलाई पनि खोप दिइने, परिचयपत्र अनिवार्य ! (भिडियो)

२ फाल्गुन २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । कोभिड १९ कोरोना भाइरसविरुद्धको खोप निजामती सेवाका कर्मचारीलाई दिन थालिएको छ । आइतबारदेखि निजामती कर्मचारी अस्पतालबाट निजामती सेवाका कर्मचारी, स्थानिय तहका कर्मचारी लगायतलाई कोभिड १९ कोरोना भाइरसविरुद्धको खोप दिन थालिएको हो । निजामती सेवा अन्र्तगतका जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, हुलाक कार्यालय, कर कार्यालय, यातायात व्यवस्था कार्यालयका कर्मचारीहरुलाई परिचयपत्र हेरेर प्रदान गरिने निजामती कर्मचारी अस्पतालकि भ्याक्सिन कोअर्डिनेटर मंगलमाया प्रजापतीले जानकारी दिनुभयो । त्यसैगरी प्रहरीहरुलाई पनि परिचयपत्र हेरेर खोप प्रदान गरिने उहाँको भनाई छ ।
त्यसैगरी, पहिलो चरणमा छुट भएका स्वास्थ्यकर्मीले काउन्सिलले लेखेको पत्र अनुसार, नेपाल बैंक, वाणिज्य बैंक, कृषि बैंक र कृषि बैंकका कर्मचारीलाई पनि खोप दिइने भएको छ । अदालतका न्यायाधिस र अदालतमा काम गर्ने वकिलहरुलाई पनि परिचय पत्र अनुसार प्रदान गरिने भ्याक्सिन कोअर्डिनेटर प्रजापतीले जनाउनुभयो । आइतबार ५०० जनालाई खोप लगाउने लक्ष्य रहेको उहाँले बताउनुभयो । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

सिफारिस: