×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बैंकमा सरकारको ठाडो हस्तक्षेप पछि अध्यक्षले अधिकारी दिए राजीनामा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नेपाल बैंकमा सरकारको ठाडो हस्तक्षेप पछि अध्यक्षले अधिकारी दिए राजीनामा

२९ माघ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल बैंक लिमिटेडका अध्यक्ष बासुदेव अधिकारीले राजीनामा दिएका छन् । उनको राजीनामा अर्थ मन्त्रालयले स्वीकृत गरेको छ । मन्त्रालयले अध्यक्ष अधिकारीलाई बैंकले वितरण गरिसकेको लाभांश पुन: लगानीकर्ताको खाताबाट फिर्ता ल्याउन भनेपछि उनले राजिनामा दिएका हुन् । 
वितरण भइसकेको लाभांश लगानीकर्ताबाट फिर्ता लिन नमानेपछि उनको राजीनामा अर्थमन्त्री पौडेलले माघ २६ गते स्वीकृत गरेका हुन् । बैकले गत आर्थिक वर्षको सञ्चित नाफाबाट १२ प्रतिशत बोनस र ४ प्रतिशत नगद गरी १६ प्रतिशत लाभांश वितरण गरिसकेको थियो । जसलाई घटाएर मन्त्रालयले ७ प्रतिशत गरी बाँकी सेयर लगानीकर्ताको खाताबाट फिर्ता ल्याउन भनेको थियो । अध्यक्ष अधिकारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको शिकार बनेका हुन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: