×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बीमा समितिका नवनियुक्त अध्यक्षद्धारा पद तथा गोपनियताको सपथ ग्रहण (भिडियो)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

बीमा समितिका नवनियुक्त अध्यक्षद्धारा पद तथा गोपनियताको सपथ ग्रहण (भिडियो)

२२ माघ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । अर्थ मन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनीले आगामी दिनमा बीमा पहुँच बढाउनुपर्ने बताउनुभएको छ । बिहिबार बीमा समितिका नवनियुक्त अध्यक्ष सुर्य प्रसाद सिलवाललाई सपथ ग्रहण गराउँदै सचिव पुडासैनीले बीमाको पहुँच बढाउनुपर्ने प्रमुख जिम्मेवारी रहेको बताउनुभएको हो । उहाँले बिमा क्षेत्रमा सुशासनको समस्या रहेको भन्दै राम्रो नियमको विकास गर्नुपर्ने चुनौती रहेको पनि बताउनुभयो । कोरोना बीमाको दाबी गर्नेहरुलाई भुक्तानी गर्नु तथा फन्डको व्यवस्थापन गर्ने चुनौती रहेको पनि उहाँको भनाई छ । सरकारको स्वामित्वमा रहेका दुई बीमा कम्पनीहरुलाई पारदर्शी बनाउनुपर्ने पनि उहाँको भनाई छ ।
बीमा समितिका नवनियुक्त अध्यक्ष सुर्य प्रसाद सिलवालले बिमा कम्पनीको पहुँच विस्तारका साथै कम्पनीको विश्वसनीयता बढाउन आफु खरो उत्रिने बताउनुभयो । नीतिगत कुराहरुलाई फास्टट्रयाकमा लैजान मन्त्रालयको सहयोगको अपेक्षा रहेको उहाँको भनाई छ । बीमा क्षेत्रको वर्तमा समस्यालाई समाधान गर्दै नीतिगत र संरचनालाई समिक्षा गरिने उहाँको भनाई छ । कार्यक्रममा उपस्थित अर्थमन्त्री विष्णु पौडेलले मन्त्रालयको तर्फबाट आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: