
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । गंगबुस्थित नयाँ बसपार्कमा रहेको बिजी मलमा आइतबारदेखि ‘विन्टर मेगा कार्निवल सेल’ मेला सुरु भएको छ । हिजो ९ गतेदेखि सुरु भई २३ गतेसम्म सञ्चालन हुने यो मेलाअवधिभर सपिङ गर्ने ग्राहकले विभिन्न वस्तु तथा सेवाको खरिदमा ५० प्रतिशतसम्म छुट पाउने छन् । सेल अवधिमा ग्राहकहरुले दैनिक रुपमा विभिन्न उपहार समेत प्राप्त गर्न सक्ने मलका निर्देशक राजु गिरीले बताए ।
मेलामा उपलब्ध विभिन्न सामाग्रीमा पचास प्रतिशत छुटसम्म किनमेल गर्नसक्नेसमेत व्यवस्था गरिएको छ । साथै ‘विन्टर मेगा कार्निवल सेल’ अवधिभर मनोरञ्जनात्मक तथा सांगीतिक कार्यक्रमहरु समेत प्रस्तुत गरिने आयोजकले जनाएको छ । मलमा विभिन्न घरायसी, विद्युतीय सामग्री, मोबाइल शोरुम, लत्ता कपडा, श्रृंगार तथा सौन्दर्य सामग्री, रेष्टुरेण्ट, बैंकको कार्यालय, एटीएम लाउञ्ज लगायत ५ दर्जन बढी पसलहरु सञ्चालनमा रहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्