×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बन्दका नाममा ‘जंगली’ हर्कत: बन्दको अवज्ञा गरेको भन्दै चिया पसल संचालकमाथि खन्याइयो तातो तेल

PRIME CA
GLOBAL IME BANK

बन्दका नाममा ‘जंगली’ हर्कत: बन्दको अवज्ञा गरेको भन्दै चिया पसल संचालकमाथि खन्याइयो तातो तेल

२२ माघ २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
विराटनगर । प्रचण्ड-माधव समूहले गरेको आमहड्तालका क्रममा प्रदेश १ को राजधानी विराटनगरमा चिया नास्ता पसल संचालकमाथि उम्लिइरहेको तातो तेल खन्याइएको छ । प्रचण्ड-माधव समूहका नाममा घटाइएको क्रुरतापूर्ण घटनामा परेर एकै परिवारका आमाछोरी घाइते भएका छन् । हड्तालका क्रममा विराटनगर महानगरपालिका-२ मा रहेको पसल सञ्चालन गरेको भन्दै बन्द गर्न पुगेको प्रचण्ड-माधव समूहका कार्यकर्ताले अपरान्ह १२ बजेतिर उनीहरुलाई तातो तेल खन्याइदिएका हुन् ।
उमालेर समोसा पकाउन राखिएको तेल खन्याउँदा ४० वर्षीया बसन्ती सहनी र उनकी छोरी २२ वर्षीया वविता सहनी घाइते भएका छन् । विराटनगर महानगरपालिका कार्यालयको गेट नै अगाडि रहेको चिया पसल किन बन्द नगरेको भन्दै निहुँ खोजेर आएको समूहले पसल सञ्चालक ४८ वर्षीय सहनीलाई पनि लाट्ठी, मुक्का र लात्ताले कुटपिट गरेको प्रत्यक्षदर्शीले बताए । कुटपिटबाट सहनीको अनुहार लगायत शरीरका विभिन्न भागमा चोट लागेको छ ।
पूर्व मन्त्री एवं दाहाल-नेपाल समूहका नेता शिवकुमार मण्डलको नेतृत्वमा लाट्ठीसहित आन्दोलनकारीको समूह पसलमा पुगेर घटना गराएको प्रत्यक्षदर्शीले बताए । त्यो समूहले पसलमासमेत तोडफोड गरिदिएको छ । पसलमा बनिसकेका खानेकुरा फ्यालिदिनुका साथै पसलका भाँडावर्तन पनि फ्याँकिदिए । भीड थप अराजक बन्दै गएपछि सहनी परिवारका सदस्यले पनि डाडु र पन्यूले तोडफोड र आक्रमणमा उत्रिएकालाई प्रहार गरेका थिए। घटनामा संलग्नलाई कारबाहीको माग गर्दै पसल सञ्चालक सहनी प्रहरी कार्यालयमा पुगेका छन् ।
घटनाका विषयमा चाल पाएको प्रहरीले त्यसमा संलग्नलाई कारबाही अघि बढाउनका लागि घटनास्थल परपर रहेका सिसी टिभीको फुटेज अध्ययन गर्न थालेको छ । घटनाका सम्बन्धमा केही सर्वसाधारणले खिचेको भिडियोमार्फत पनि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याइने जानकारी दिएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: