
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड र मिग होल्डिङस लिमिटेडबीच सामुहिक दुर्घटना बीमा सम्बन्धि सम्झौता भएको छ ।  मंगलबार आयोजित एक कार्यक्रमकाबीच  उक्त सम्झौता भएको हो ।
अजोड इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र मिग होल्डिङस लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन थापाले  उक्त सम्झौता पत्रमा  हस्ताक्षर  गरेका हुन्  । सम्झौता  अनुसार मिग होल्डिङस लिमिटेडका सम्पूर्ण कर्मचारीहरु तथा लगानीकर्ताहरुले सामुहिक दुर्घटना बीमा सम्वन्धी अजोड इन्स्योरेन्सबाट सेवा तथा सुविधा लिन  सक्ने भएका छन् ।
				
			




 
                     
						







