
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । माधव-प्रचण्ड समूहले गरेको नेपाल बन्दको अघिल्लो दिन काठमाडौंको चावाहिलका तीन वटा सहकारीमा एकसाथ चोरी भएको छ । गए राती नवरस बचत तथा ऋण सहकारी संस्था, पद्ममुखी बचत तथा ऋण सहकारी संस्था र चन्द्र विनायक बचत तथा ऋण सहकारी संस्थामा चोरी भएको हो । चोरी भएका सबै सहकारी एकै ठाउँका छन् ।
अर्थ सरोकार डटकमलाई प्रहरीले दिएको जानकारी अनुसार नवरस साकोसमा झ्यालबाट चोर छिरेका थिए । नगद चोरी नभएपनि अन्य खातापाता तथा कागजपत्रमा पनि क्षति पुगेको छ ।
यसैगरी पद्ममुखी सहकारीमा कार्यालयमा तोडफोड गरेर चोरहरु भागेका छन् । पैसा लुट्न नपाएपछि चोरहरुले कार्यालय नै तोडफोड गरी भागेका छन् । तोडफोडबाट कार्यालयको दराज, टेवल, खातापाता लगायतका भौतिक सामग्रीमा भने क्षति पुगेको छ ।
चोरहरुलाई प्रहरीले खोजी गरिरहेको छ भने घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्