×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बन्द अपडेट : एका बिहानै प्रचण्डका कार्यकर्ताले ट्याक्सी जलाए !

PRIME CA
GLOBAL IME BANK

नेपाल बन्द अपडेट : एका बिहानै प्रचण्डका कार्यकर्ताले ट्याक्सी जलाए !

२२ माघ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
प्रचण्ड–माधव पक्षले बिहीबार गरेको नेपाल बन्दको विहान  काठमाडौँको गोंगबुमा एक ट्याक्सीमाथि आगजनी भएको छ । कुम्भ नारायण श्रेष्ठको प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी भएको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले दुई अज्ञात व्यक्तिले रोकिरहेको ट्याक्सीमा आगजनी गरेर भागेको जानकारी दिए ।
‘कालो ज्याकेट लगाएर आएका दुई जनाले ट्याक्सीमा आगजनी गरेर भागेका छन् । ट्याक्सीमा पूर्णरुपमा क्षति पुगेको छ,’ सिंहले भने, ‘दुई जनाको खोजी कार्य भइरहेको छ ।’ उनले भने । शान्तिपूर्ण हुने भनिएको आन्दोलन हिँसातर्फ मोडिएको देखिएको छ ।
https://arthasarokar.com/2021/02/Nepal-Banda-Jhadap.html
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: