×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु क्यापिटलद्वारा सेयर बजार सम्बन्धी १ दिने आधारभूत तालिम कार्यक्रम सञ्चालन

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

प्रभु क्यापिटलद्वारा सेयर बजार सम्बन्धी १ दिने आधारभूत तालिम कार्यक्रम सञ्चालन

२ फाल्गुन २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । प्रभु क्यापिटल लिमिटेडले वीरगञ्जस्थित नेप्लिज योंग इन्टरप्रेनर्स फोरम (एनवाईइएफ), वीरगञ्ज च्याप्टरको सहकार्यमा वीरगञ्जमा शेयर बजार सम्बन्धी १ दिने आधारभूत तालिम कार्यक्रम सञ्चालन गरेको छ । उद्योग वाणिज्य संघ वीरगञ्जको सभाहलमा आयोजित कार्यक्रममा करिब २५० जनाको सहभागीता रहेको थियो । कार्यक्रममा एनवाइएफका संस्थापक अध्यक्ष अरबिन्द अमात्यले स्वागत मन्तब्य दिएका थिए ।
कार्यक्रमको प्रमुख अतिथिमा उद्योग वाणिज्य महासंघ प्रदेश २ का कार्यकारी सदस्य तथा उद्योग वाणिज्य संघ वीरगञ्जका पूर्व अध्यक्ष अशोक टेमानी थिए भने उनले कार्यक्रमको उद्घाटन गर्दै सहभागीहरुलाई शेयर बजारको महत्व र यसमा लगानी गर्दा हुने फाइदाहरुको बारेमा जानकारी सहितको मन्तव्य राखेका थिए । कार्यक्रममा प्रभु क्यापिटलका प्रबन्ध सञ्चालक दिनेश थकालीले कार्यक्रमको बारेमा प्रकाश पार्दै क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत आगामी दिनमा अझै व्यापक रुपमा यस्ता कार्यक्रमहरुलाई देशव्यापी रुपमा विस्तार गरिने जानकारी दिए ।
आयोजनाको सम्पूर्ण तयारी गरेको नेप्लिज योंग इन्टरप्रेनर्स फोरम वीरगञ्ज च्याप्टरका अध्यक्ष अनुप अग्रवालले आगामी दिनहरुमा वीरगञ्जका युवाहरुलाई व्यवसायिकतातर्फ सशक्त रुपमा अगाडि बढाउन यस्ता किसिमका कार्यक्रमहरु आयोजना गरिराख्ने जानकारी दिए । तालिम कार्यक्रमको सञ्चालन प्रभु क्यापिटलका प्रमुख सञ्चालन अधिकृत कृष्ण गिरीले गरेका थिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: