×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सेञ्चुरी बैंकको शाखारहित बैंकिङ्ग सेवा रुपन्देहीको बगौलीमा, १ सय २० स्थान पुग्यो शाखा सञ्जाल

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले वित्तीय सेवा विस्तार गर्ने क्रममा रुपन्देही जिल्लाको मार्चवारी गाउँपालिकाको बगौलीमा शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ । उक्त शाखारहित बैंकिङ्ग सेवाको शुभारम्भ एक कार्यक्रमकाबीच मार्चवारी गाउँपालिकाका उपाध्यक्ष सुनिता कलवार जैसवालले गरे । यस सेवाबाट बगौलीलगायतका क्षेत्रका जनताले आधुनिक बैंकिङ्ग सेवा उपयोग गरी उनीहरुको आर्थिक समृद्धिमासमेत लाभ पुग्ने कुरालाई जोड दिए ।
आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले आफ्ना १२० शाखा, १० एक्सटेन्सन काउन्टर, २२ शाखा रहित बैंकिङ्ग र ८८ एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: