- अर्थ सरोकार संबाददाता
काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको आइपीओ नेप्सेमा सूचीकृत भएको छ । आइतबारबाट उक्त कम्पनीको सेयर कारोबार खुला हुने भएको छ । चन्द्रागिरीको पहिलो कारोबारका लागि न्यूनतम ९६ रुपैयाँ ६९ पैसादेखि अधिकतम २९० रुपैयाँ ७ पैसासम्म रेन्ज तोकिएको छ । सोही रेन्जभित्र रहेर चन्द्रागिरीको पहिलो कारोबार हुनेछ । ‘ यसको कारोबार ‘सीजीएच’ संकेतमा हुने भएको छ । चन्द्रागिरीको चुक्ता पुँजीका आधारमा कायम १ करोड ५३ लाख ४० हजार ९१० कित्ता सेयर शुक्रबार सूचीकृत भएको हो ।