×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

छिमेक लघुवित्त वित्तीय संस्थाको किस्ता र बचत रकम इसेवाबाटै तिर्न सकिने, गभर्नरले गरे उद्घाटन

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आईतवार

PRIME CA
laxmi sunrise bank

छिमेक लघुवित्त वित्तीय संस्थाको किस्ता र बचत रकम इसेवाबाटै तिर्न सकिने, गभर्नरले गरे उद्घाटन

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले इसेवामार्फत किस्ता र बचत रकम तिर्न सक्ने सेवा सुरु गरेकाे छ । संस्थाले क्युआर कोड सहितको परिचय पत्र उपलब्ध गराई त्यसकाे प्रयाेग गरी इसेवा मार्फत किस्ता र बचत रकम तिर्न सक्ने सेवा सुरु गरेकाे हाे ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उक्त सेवाकाे सुरुवात गरेका थिए । यस्तै प्रभावकारी ढङ्गबाट दूर दराजमा रहेका गाउँगाउँसम्म वित्तीय पहूँच पु¥याउँनको लागि संस्थाले प्रविधि मैत्री घुम्ती सवारी साधन सञ्चालन ल्याएकाे छ ।
यस वित्तीय संस्था २०५८ साल देखि नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको ईजाजत पत्र प्राप्त गरी नेपालका ६७ वटा जिल्लामा १३७ वटा शाखा तथा ६० वटा डिजिटल प्वाईन्ट कार्यालयहरु मार्फत करिव ३ लाख ८० हजार भन्दा बढी विपन्न परिवारमा लघुवित्त सेवा पु¥याउँदै हाल नेपालको लघुवित्त क्षेत्रमा एक अग्रणी भूमिका निर्वाह गर्दै आईरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: