
- अर्थ सरोकार सम्बाददाता
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले लुटपाट गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका– ३ बाह्रघरे बस्ने ३३ वर्षीय विकल क्षेत्री रहेका छन् । लुटिएको सामान किन्ने भरतपुर महानगरपालिका–११ का २९ वर्षीय सन्तोष विश्वकर्मालाई पनि पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले निज क्षेत्रीले तनहुँकी एक महिलालाई नारायणगढमा बोलाएर लुटपाट गरेको उल्लेख जनाएको छ । निजले ३९ वर्षीया महिलालाई धारिलो हतियार देखाई लुटपाट गरेका हुन् । क्षेत्रीले महिलालाई कुटपिट र लछारपछार गरी कान र हातमासमेत चोट पु¥याइ लगाएको सुनको झुम्का, सिक्री, ब्रासलेट, दुई वटा औँठी, हातमा लगाएको घडी, दुई वटा मोबाइल र नगद रु १७ हजार गरी जम्मा पाँच लाख ६३ हजार २५० बराबरको सामान लुटी लगेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार निज क्षेत्रीले झुम्का र ब्रासलेट विश्वकर्मालाई बिक्री गरेको बयानका आधारमा उनलाई पक्राउ गरिएको हो । घाइते महिलाको अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको उनले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्