×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको नाफा ९.८१ प्रतिशतले बढ्यो, अन्य सूचकको अवस्था कस्तो ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २५ माघ २०७७, आईतवार

PRIME CA
laxmi sunrise bank

सिटिजन लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको नाफा ९.८१ प्रतिशतले बढ्यो, अन्य सूचकको अवस्था कस्तो ?

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सिटिजन लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा बढेको छ । कम्पनीले दोस्रो त्रैमाससम्म आईपुग्दा ११ करोड १ लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको गत वर्षको तुलनामा यस वर्षको खुद नाफा ९.८१ प्रतिशतले बढी हो । गत वर्ष यसले १० करोड ३ लाख ४२ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । कम्पनीको खुद बिमा शुल्क ७३.२९ प्रतिशतले बढेर १ अर्ब ३७ करोड ५३ लाख ४२ हजार रुपैयाँ पुगेको छ ।
गत वर्ष भने कम्पनीले ७९ करोड ३६ लाख ८८ हजार रुपैयाँ मात्र खुद बिमा शुल्क आर्जन गरेको थियो । सिटिजनको चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपैयाँ छ । रिजर्भ कोषमा ७३.२९ प्रतिशतले वृद्धि गरी ७२ करोड ८० लाख ४९ हजार रुपैयाँ पुर्याएको छ । पुस मसान्तसम्म जीवन बिमा कोष पनि १२९.७० प्रतिशतले बढेर २ अर्ब ३९ करोड ८१ लाख रुपैयाँ पुगेको छ । गत वर्ष बिमा कोषमा १ अर्ब ४ करोड ४० लाख रुपैयाँ मात्र थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: