- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सिभिल बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको माघ २३ गते शुक्रबार नेपाल स्टक एक्स्चेन्जमा सेयर मूल्य समायोजन भएको हो । उक्त बैंकको ८ प्रतिशत बोनस पछिको सेयरमा मूल्य समायोजन भएको हो । मूल्य समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता २१५ रुपैयाँ कायम गरिएको नेप्सेले जनाएको छ ।
यसअघि संस्थाको सेयर प्रतिकित्ता २३२ रुपैयाँमा किनबेच भएको थियो । यससँगै अबको बजारमा बैंकको पहिलो कारोबार प्रतिकित्ता २१५ रुपैयाँदेखि सुरु हुने भएको छ । यससँगै अबको बजारमा आइतबारदेखि बैंकको पहिलो कारोबार प्रतिकित्ता २१५ रुपैयाँमा कारोबार सुरु हुने नेप्सेले जनाएको छ ।