×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिभिल बैंक लिमिटेडको दशौँ वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावित लाभांश पारित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सिभिल बैंक लिमिटेडको दशौँ वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावित लाभांश पारित

Artha Sarokar

९ फाल्गुन २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सिभिल बैंक लिमिटेडको दशौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त साधारणसभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको चुक्ता पूँजीको ८% का दरले हुन आउने रु.६४,०२,७१,१७३.९१ (अक्षरेपी चौसठ्ठी करोड दुई लाख एकहत्तर हजार एक सय त्रिहतर रुपैया एकानब्बे पैसा मात्र) बराबरको बोनश शेयर तथा कर प्रयोजनको लागि प्रतिशेयर ०.४२% का दरले हुन आउने रु.३,३६,९८,४८२।८४ (अक्षरेपी तिन करोड छत्तीस लाख अन्ठानब्बे हजार चार सय बयासी रुपैया चैरासी पैसा मात्र) नगद लाभांश वितरण गर्न पनि सर्वसम्मतीले स्वीकृत प्रदान गरेको छ ।
साथै सभाले आ.व. २०७७/०७८ को लेखापरिक्षण गर्नको लागि “एन.बि.एस.एम.एण्ड एशोसियट्स”लाई लेखापरिक्षकमा पुनः नियुक्त गर्नुका साथै सिभिल बैंक लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिन (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने/हुने वा स्वदेशी/विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमती र सम्झौता गर्ने लगायत प्रचलित नियम, कानून अनुसार बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्र्ने निर्णय गरेको छ ।
बैंकले आधुनिक प्रबिधियुक्त बैंकिङ्ग सेवा तथा सुबिधामा विशेष ध्यान दिंदै ग्राहकसेवालाइ निरन्तर रुपमा चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको बैंकले जनाएको छ । करीव पाँच लाखभन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरु, ६ एक्सटेन्सन काउन्टरहरु तथा ८९ एटियम मार्पmत सेवा प्रदान गरिरहेको सिभिल बैंकले करीव रु. ७८ अर्व भन्दा बढी निक्षेप परिचालन गरी रु. ७२ अर्व भन्दा बढी कर्जा लगानी गरीसकेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी