- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सिभिल बैंक लिमिटेडको दशौं वार्षिक साधारणसभा आज आइतबार हुँदैछ । बैंकको सभा केन्द्रीय कार्यालय सुन्धारामा भर्चुअल माध्यमबाट बिहान ११ बजे सुरु भएको छ । बैंकले सभामा ८.४२% लाभांश वितरण गर्ने प्रमुख एजेन्डा पेश गर्दैछ ।
यस्तै सभामा कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जाने सम्झौता गर्नुपरेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पनि रहेको छ । आर्थिक वर्ष २०७७–७८ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सभा प्रयोजनका लागि बैंकले माघ २३ गतेबाट बुक क्लोज गरेको छ ।