
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सरकारले कोभिड-१९ विरुद्धको दोस्रो चरणको खोप अभियान अन्तरगत सोमबारदेखि पत्रकार र कुटनीतिक नियोगका कर्मचारीलाई लगाउन सुरु गरेको छ । कोभिड-१९ विरुद्धको दोस्रो चरणको खोप अभियान अन्तरगत सोमबारदेखि फ्रन्टलाइनमा खट्ने पत्रकार र कुटनीतिक नियोगका कर्मचारीलाई लगाउन सुरु गरिएको हो ।
काठमाडौंमा निजामति कर्मचारी अस्पतालमा पत्रकारहरुलाई खोप लगाउने व्यवस्था मिलाईएको छ । कोभिड-१९ विरुद्धको खोप लगाएपछि पत्रकारहरुले खुशी व्यक्त गरेका छन् । फ्रन्टलाईनमा काम गर्ने पत्रकारहरुलाई सरकारले खोप उपलब्ध गराउनु सकारात्मक भन्दै यसलाई बिरोधको रुपमा नलिई सबै पत्रकारले खोप लगाउनुपर्ने बताएका छन् । पत्रकारहरुल फ्रन्टलाइनमा काम गर्ने अन्य पेशा तथा वृद्धवृद्धा उमेर समुहका व्यक्तिहरुलाई पनि छिटोभन्दा छिटो कोभिड-१९ विरुद्धको खोप दिन सरकारलाई आग्रह गरेका छन् ।
