
कञ्चनपुर । कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्र निर्माणले गति लिने भएपछि स्थानीय बासिन्दा खुशी भएका छन् । विसं २०५२ मा मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला औद्योगिक क्षेत्र निर्माणका लागि प्रस्ताव गरिए पनि भौतिक निर्माण कार्य अगाडि बढ्न सकेको थिएन । रु नौ अर्ब लागतमा पाँच वर्षभित्र सो औद्योगिक क्षेत्र निर्माण हुने भएको हो ।
पूर्व सांसद नरबहादुर धामी औद्योगिक क्षेत्र स्थापनाका लागि प्रतिबद्धता अनुसार शिलान्यासको कार्यक्रम अगाडि बढेको देख्दा खुशी लागेको बताउनुहुन्छ । उहाँले भन्नुभयो,“विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) र इआइए प्रतिवेदनको स्वीकृतिको काम सम्पन्न पश्चात निर्माणका लागि बाटो खुलेको छ ।” औद्योगिक क्षेत्रका लागि बेदकोट नगरपालिकाले नौ सय बिघा जग्गा उपलब्ध गराएको भए पनि हाल चार सय बिघा जग्गामा भौतिक संरचना बन्नेछ । औद्योगिक क्षेत्रको डिपिआर अनुसार १२४ प्लटमा साना, मझौला र ठूला गरी ११७ वटा उद्योग स्थापना हुने छन् जसबाट ३० हजार बढीले रोजगार पाउने छन् ।
यस अघिनै जनचेतना सामुदायिक वनको दुई सय हेक्टर र बेदकोट सामुदायिक वनको ४५० हेक्टर जग्गााको भोगाधिकार बालाजु औद्योगिक लिमिटेडको नाममा गरिएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडकोे उच्च्स्तरीय टोलीले दुई पटक अनुगमन गरी विसं २०५२ र २०६६ सालमा बेदकोटको छेलामा औद्योगिक क्षेत्र बनाउन उपयुक्त ठहर गर्दै मन्त्रालयमा राय पेश गरेको थियो ।
दुई सय ९३ बिघा जग्गामा तीन सय साना, मझौला र ठूला गरी तीन सय उद्योग सञ्चालन गर्न सकिने त्यही बेलाको प्रस्तावमा उल्लेख थियो । त्यसपछि आव २०७१/७२ को बजेटमा सुदूरपश्चिम क्षेत्रको विकासका लागि औद्योगिक क्षेत्र स्थापनाको कार्यलाई उच्च प्राथमिकतामा राखिएपछि अध्ययनको कार्य गरिएको थियो । सो औद्योगिक क्षेत्रलाई प्रदेशकै गौरवको योजनाका रुपमा लिइएको नेकपाका केन्द्रीय सदस्य कृपाराम राना बताउनुहुन्छ । उहाँले भन्नुभयो, “रोजगारीका अवसरसमेत सिर्जना हुन्छन् ।”
औद्योगिक क्षेत्र पुग्ने पहुँच मार्ग निर्माणका लागि बेदकोट नगरपालिकाले काम अगाडि बढाएको छ । “लामो समयदेखि वन मन्त्रालयमा फायल अड्किदा काम अगाडि बढन सकेको थिएन्” बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक चन्दले भन्नुभयो, “वन मन्त्रालयबाट भोगाधिकारका लागि जग्गाको स्वीकृति पश्चात वातावरणीय प्रभाव मूल्याङ्कनसँगै डिपिआर निर्माणको कार्य पूरा भएपछि आद्यौगिक क्षेत्र स्थापनाको कार्य अगाडि बढेको छ । औद्योगिक क्षेत्रको शिलान्यास हुने भएपछि यसले गति लिनेमा ढुक्क छौं ।” -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्