×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले दोस्रो त्रैमासमा ३२ करोड ४० लाख रुपैयाँ खुद नाफा कमायो, अन्य सूचकको अवस्था कस्तो ?

PRIME CA

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले दोस्रो त्रैमासमा ३२ करोड ४० लाख रुपैयाँ खुद नाफा कमायो, अन्य सूचकको अवस्था कस्तो ?

२८ माघ २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३२ करोड ४० लाख १ हजार रुपैयाँ खुद नाफा कमाएको छ । संस्थाको यो नाफा गत वर्षको तुलनामा ३१.२१% ले धेरै हो । गत वर्षको सोहि अवधिमा संस्थाले २४ करोड ६९ लाख १५ हजार रुपैयाँ नाफा कमाएको थियो । 
यता संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार खुद ब्याज आम्दानी २१.८४% ले बढेर ६६ करोड १४ लाख ९१ हजार रुपैयाँ पुगेको छ । यसको सकारात्मक असर खुद नाफामा देखिएको छ । अघिल्लो वर्षको यसैअवधिमा संस्थाले ५४ करोड २९ लाख ९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस्तै संस्थाले ९२ करोड ५१ लाख ६३ हजार रुपैयाँ सञ्चालन नोक्सानमा रहेको छ । पुस मसान्तसम्म प्रतिसेयर आम्दानी ६४ रुपैयाँ ४५ पैसा र प्रतिसेयर नेटवर्थ २१९ रुपैयाँ ६६ पैसा छ । संस्थाको जगेडा कोषमा १ अर्ब २० करोड ३० लाख ५३ हजार रुपैयाँ रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: