
- अर्थ सरकोकार सम्बाददाता
धनगढी । धनगढीमा सुनका गरगहनासहित साढे ३ लाख बराबरको चोरी भएको छ । मंगलबार राति उप–महानगरपालिकाको शिव नगरका स्थानीय यशोदा बमको घरबाट गरगहनासहित चोरी भएको हो । घरमा कोही नभएको मौका छोपेर चोरले सुनका मुन्द्रा, तिलहरी, सिक्री, टप, औँठी, चाँदीका सिक्का, तामाको भाँडाकुँडा र घडी गरी करिब साढे ३ लाख बराबरको गरगहना चोरी गरेको उनका बुवा घनबहादुर बमले बताए ।
चोरले लगेका नागरिकता लगायतका कागजात भने शिव नगर नालामा फेला परको उनले बताए । चोरीको घटनाको अनुसन्धानका लागि प्रहरीमा निवेदन दिएको बताइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले सो विषयमा अनुसन्धान भइरहेको बताए । चोरीमा संलग्नलाई कारवाहीको दायरामा ल्याउने उनले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्