
- अर्थ सरोकार सम्बाददाता
धनुषा । प्रहरीले धनुषाबाट साढे २५ लाख रुपैयाँसहित दुई जना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । धनुषा प्रहरीले महोत्तरी बस्ने एक जना टेन्ट व्यवसायी सञ्जय साह र भारत पिपरौनका सुमित यादव पक्राउ गरेको हो ।
धनुषाको जटही नाकाबाट साढे २५ लाख रुपैयाँसहित उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले बताए । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको टोलीले गोप्य सूचनाको आधारमा साढे २५ लाख हुण्डी रकमसहित भारततर्फ गइरहेको अवस्थामा उनीहरूलाई जटही नाकाबाट पक्राउ गरेको हो ।
यस्तै भारतीय नम्बर प्लेटको मोटरसाइकलबाट उनीहरूलाई पक्राउ गरिएको र थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्