×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्न ललितपुर महानगरले गर्यो २० लाख रुपैयाँ आर्थिक सहयोग (भिडियो)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्न ललितपुर महानगरले गर्यो २० लाख रुपैयाँ आर्थिक सहयोग (भिडियो)

७ फाल्गुन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
ललितपुर । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि ललितपुर महानगरपालिकाले २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । महानगरपालिका र धुर्मुस सुन्तली फाउण्डेसनबीच शुक्रबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । साथै शुक्रबार नै महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)लाई २० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गर्नुभएको छ । सो अवसरमा फाउण्डेसनका अध्यक्ष धुर्मुसले अप्ठेरो परिरिस्थतिमा ललितपुर महानगरपालिकाले गरेको सहयोगले देशको रङ्गशाला निर्माण भइरहेको छ भन्ने सन्देश दिएको बताउनुभयो । 
रङ्गशाला निर्माणका लागि देशभरका विभिन्न स्थानीय सरकारहरुबाट सहयोग प्राप्त हुने क्रम बढ्दै गएको पनि फाउण्डेसनका अध्यक्ष धुर्मुसले बताउनुभयो । महानगरपालिकाको सहयोगबाट रङ्गशाला निर्माणका लाथि उर्जा थपिएको पनि उहाँले बताउनुभयो । रङ्गशाला निर्माण गरेर जिम्मेवार नागरिकको भूमिका निर्वाह गरी सरकारलाई सहयोग गर्न पाउँदा खुशि लागेको पनि फाउण्डेसनका अध्यक्ष धुर्मुसले बताउनुभयो । यसै आर्थिक वर्ष भित्र ३ हजार क्षमताको प्याराफिट सहितको रङ्गशाला निर्माण भइसक्ने र सकेसम्म छिटो सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने योजनाका साथ काम भइराखेको उहाँले बताउनुभयो । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

सिफारिस: