Skip to content
LAXMI SUNRISE BANK

महालक्ष्मी विकास बैंकको का.मु प्रमुख कार्यकारी अधिकृतमा दिपेश लम्साल नियुक्त

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । महालक्ष्मी विकास बैंकको का.मु प्रमुख कार्यकारी अधिकृतमा दिपेश लम्साल नियुक्त भएका छन् । माघ २९ गते बसेको सञ्चालक समितिको ४७५औं बैठकले बैंकका नायव प्रमुख कार्यकारी अधिकृत दिपेश लम्साललाई बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरी बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुम्पिएको हो ।
बिगत १२ बर्ष देखि महालक्ष्मी बिकास बैंकमा कार्यरत लम्सालको बिभिन्न वाणिज्य तथा विकास बैंकको सम्पूर्ण क्षेत्रहरुमा २५ बर्षको बैकिङ्ग अनुभब रहेको छ । केन्द्रिय बैंकको नितिनियम भित्र रहेर सम्पूर्ण ग्राहक, शेयरधनी तथा कर्मचारीहरुको हितमा कार्य गर्दै गुणस्तरीय सेवा तथा उचित प्रतिफल प्रदान गर्न आफु केन्द्रित हुने लम्सालले बताए ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK