×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गणपति लघुवित्त वित्तीय संस्थासहित ३ कम्पनीको लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन, कसको एजिएम कहिले ?

PRIME CA
GLOBAL IME BANK

गणपति लघुवित्त वित्तीय संस्थासहित ३ कम्पनीको लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन, कसको एजिएम कहिले ?

१३ फाल्गुन २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आज बिहीबार ३ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । गणपति लघुवित्त वित्तीय संस्था, नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र स्वरोजगार लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको अन्तिम दिन रहेको हो ।
गणपतिले हाल कायम चुक्ता पुँजीको १५% बोनस सेयर र कर प्रयोजनको लागि ०.७९% नगद लाभांश वितरण गर्दैछ । संस्थाको साधारणसभा फागुन २८ गते ह्वाइट हाउस पार्टी प्यालेस, दुलेगौंडा तनहुँमा हुँदैछ भने लाभांश तथा साधारणसभाका लागि फागुन १४ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यता नेसनलले हाल कायम चुक्ता पुँजीको २१% बोनस सेयर र ६% नगद लाभांश गरि कुल २७% लाभांश वितरण गर्दैछ । संस्थाले सभाको लागि फागुन १४ गतेदेखि चैत ५ गतेसम्म बुक क्लोज गर्ने भएको छ । जसअनुसार लाभांश पाउन आज अन्तिम रहेको हो । संस्थाको साधारण सभा चैत ५ गते बस्ने भएको छ
यस्तै स्वरोजगारको फागुन २९ गते वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले शनिबार फागुन १५ गतेदेखि २८ गते सम्म बुक क्लोज गर्दैछ । सोहि कारण आज बिहीबारसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् । कम्पनीको सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ । सभामा संस्थाले १२.३९% बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.६५% नगद लाभांश वितरण गर्ने मुख्य एजेन्डा पेश गर्दैछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: