×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमई बैंक र स्मार्टच्वाइस टेक्नोलोजिजबीच सम्झौता, ओम्नी च्यानल डिजिटल सोलुसनमार्फत सेवा दिने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

ग्लोबल आइएमई बैंक र स्मार्टच्वाइस टेक्नोलोजिजबीच सम्झौता, ओम्नी च्यानल डिजिटल सोलुसनमार्फत सेवा दिने

२३ माघ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । ग्लोबल आइएमई बैंक र स्मार्टच्वाइस टेक्नोलोजिजबीच सम्झौता भएको छ । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडले बैंकिङ क्षेत्रका सेवाग्राहीलाई विविध भुक्तानी उपकरण र डिजिटल बैंकिंङ पहुँच सजिलै पुर्याउने उद्देश्यले उक्त स्मझौता गरेको हो । सम्झौता अनुसार बैंकका ग्राहकहरुलाई ओम्नी च्यानल डिजिटल सोलुसनमार्फत सेवा उपलब्ध गराउने भएको छ । उक्त सम्झौता भने माघ २१ गते बुधबार भएको थियो ।
एसटिसीले गहन अध्ययन र अनुसन्धान गरी विगत दुई बर्षको अनवरत प्रयत्नबाट विकास गरेको तथा करिब तीन महिना आन्तरिक रुपका सफल परीक्षणपश्चात सञ्चालनको अवस्थामा ल्याईको यस उपकरणमा मोबाइल बैंकिङ, इ बैंकिङ, सेल्फ बैंकिङ, स्मार्ट क्युआर र कार्ड मार्फत दिने सेवा एउटै प्लेटफर्मबाट उपलब्ध हुनेछन् । यसबाट ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकलाई विविध आवश्यकता बमोजिम छिटो/छरितो, मित व्ययी र सरलढंगले बैकिङ सेवा र सुविधाहरुको पहँुच हुनेछ । साथै बैंकले यस आधुनिक उपकरणको सेवालाई छिट्टै नै ग्राहकहरुको बिच सञ्चालनमा ल्याउने भएको छ ।
परम्परागत प्रणालीलाई विस्थापित गर्दै नगदरहित आधुनिक भुक्तानी प्रणालीको विकास र प्रवर्धन गर्ने स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडको लक्ष्य बमोजिम बैंक तथा वित्तीय संस्थाहरुलाई यस्ता सेवा र सुविधा उपलब्ध गराउदै आएको छ । डिजिटल प्रविधिमा अभ्यस्त हुँदै गएका बैकिंङ क्षेत्रका ग्राहकको बढ्दो आवश्यकता माग पूरा गर्न यस प्रकारका सहकार्य सहयोगी हुने अपेक्षा दुबै कम्पनीहरुको रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: