
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच बैंकका ग्राहक वर्गलाई छुट प्रदान गर्नको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । बैंकको बजार व्यवस्थापन तथा व्यवसाय प्रवद्र्धन प्रमुख शान्ता शिवाकोटी र सिद्धार्थ बिजनेस ग्रुपअफ हस्पिटालिटीका बिक्रि तथा बजार व्यवस्थापन निर्देशक प्रभाकर खड्काले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार ग्लोबल आइएमई बैंकका कर्मचारी एवम् डेबिट कार्ड/क्रेडिट कार्ड/ प्रिभिलेज कार्ड बाहक ग्राहक वर्गले सिद्धार्थ बिजनेस ग्रुपअफ हस्पिटालिटीमा उपलब्ध आवास तथा खाना/पेय पदार्थमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने भएका छन् । आफ्ना ग्राहक वर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।
ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्ग सम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७४ जिल्लामा बैंकको २६८ शाखा, २४२ एटीएम, २४५ शाखारहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी करिब ८०० सेवा केन्द्रबाट २२ लाखभन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भिर्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्