- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य ह्वात्तै बढेको छ । सोमबार ९० हजार ४ रुपैयाँमा कारोबार भईरहेको छापावाल सुनको मूल्य मंगलबा १५ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै १० ग्राम छापावाला सुनको मूल्य ७८ हजार ७ सय ९० रुपैयाँ कायम गरिएको छ ।
यस्तै तेजावी सुनको मूल्य पनि १४ सय ५० रुपैयाँले बढेर प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । यता चाँदीको मूल्य पनि बढेको छ । सोमबार १३ सय १५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य मंगलबार सोमबार २५ रुपैयाँले बढेर १३ सय ४० रुपैयाँमा कारोबार भईरहेको छ ।