
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । ग्रामीण विकास लघुवित्तको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो । कम्पनीले दोस्रो त्रैमाससम्म आईपुग्दा १७ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको छ । जुन नाफा गत वर्षको भन्दा ५९.४४ प्रतिशतले बढी हो । गत वर्ष कम्पनीले ११ करोड १८ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीले खुद ब्याज आम्दानी ३.७४ प्रतिशतले बढाएको छ भने सञ्चालन नाफा ५८.२१ प्रतिशतले बढेको छ ।
गत वर्ष ५३ करोड ८१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको यसले यो त्रैमाससम्म बढाएर ५५ करोड ८३ लाख रुपैयाँ पुर्याएको छ । यस्तै कम्पनीले सञ्चालन नाफा पनि १२ करोड ६८ लाख रुपैयाँबाट बढाएर २० करोड ६ लाख रुपैयाँ पुर्याएको छ । पुस मसान्तसम्म ३ अर्ब ७५ करोड रुपैयाँ निक्षेप संकलन गरेको ग्रामीणले ११ अर्ब १८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
हाल यसको चुक्ता पुँजी ९८ करोड २५ लाख रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा ७७ करोड रुपैयाँ रहेको छ । यसैगरी गत वर्ष ४.४५ प्रतिशत रहेको यसको खराब कर्जा यो त्रैमाससम्म आउँँदा घटेर ४.२० प्रतिशत भएको छ । प्रति सेयर आम्दानी ३६ रुपैयाँ ३२ पैसा रहेको ग्रामीणको प्रतिसेयर नेटवर्थ १७८ रुपैयाँ ४६ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्