
- अर्थ सरोकार सम्बाददाता
काठमााडौं । ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ शुक्रबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक बीओके क्यापिटलले कम्पनीको आईपीओ शुक्रबार बिहान ९ बजे आफ्नै कार्यालयमा बाँडफाँट हुने जनाएको हो । कम्पनीको आईपीओ पाउन भाग्यकै भर पर्नु पर्नेछ । ३ लाख २५ हजार १६५ जना आवेदकले मात्रै १० कित्ताका दरले सेयर पाउने भएका छन् । बाँकीको हात भने खाली हुनेछ । कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँट गरिनेछ ।
यसमा कुल २ अर्ब ३७ करोड ३० लाख १८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । १३ लाख २६ हजार ७७ जनाले २ करोड ३७ लाख ३० हजार १८० कित्ताका लागि आवेदन दिएका थिए । यो मागको तुलनामा ७.३० गुणा बढी हो । जसअनुसार १० लाख ९०० भन्दा धेरै जना भने आइपीओ पाउनबाट बञ्चित हुनेछन् । ग्रीनलाइफले माघ २३ गतेदेखि २७ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल ३४ लाख ९६ हजार ४०० कित्ता आइपीओ बिक्री खुला गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्