
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल–भारत चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रीको पहलमा नेपाल र भारतका आइसिटी कम्पनीहरुबीच सहकार्य गर्ने सम्झौता भएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच आइसिटी डोमेनमा प्रशिक्षण र विकासका लागि नेपाल र भारतका चार कम्पनीहरुबीच सम्झौता भएको हो । नेपालका आइडिया कन्सल्टिङ् प्रालि, काठमाडौं इन्स्टिच्युट अफ टेक्नोलोजिज प्रालि, टिम भर्टेक्स बिजनेस सर्भिस नेपाल र भारतको भर्टेक्स ग्लोबल सर्भिस बीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
हस्ताक्षर कार्यक्रममा नेपाल भारत चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रीका अध्यक्ष सृजना राणाले भारत र नेपालको आइसिटी कम्पनीहरुलाई कसरी सँगसँगै अगाडि बढाउन सकिन्छ र भारतको प्रविधि नेपालमा ल्याई आइसिटी क्षेत्रको विकास गर्ने उद्देश्यले सम्झौता गरिएको बताउनुभयो । कार्यक्रममा विभिन्न शिक्षण संस्थामा अध्ययनरत विद्यार्थीहरुलाई आइसिटी उद्योगहरुमा कसरी आवद्ध गराउन सकिन्छ भन्ने सम्बन्धमासमेत छलफल भएको पनि अध्यक्ष राणाले बताउनुभयो । हेर्नुहोस् भिडियो :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्