×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालमा किन र कसरी महँगो भयो इन्टरनेट ? यसो भन्छन् सरोकारवालाहरु (भिडियो रिपोर्ट)

PRIME CA

नेपालमा किन र कसरी महँगो भयो इन्टरनेट ? यसो भन्छन् सरोकारवालाहरु (भिडियो रिपोर्ट)

६ फाल्गुन २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । सरकारले बढी कर लगाउँदा नेपालको इन्टरनेट महँगो हुन पुगेको गुनासो सरोकारवालाहरुले गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले काठमाडौंमा आयोजना गरेको ‘नेपालमा इन्टरनेट वितरणः मुद्दा र चुनौतिहरु’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागि भएका सरोकारवालाहरुले नेपालमा इन्टरनेटमा लगाइने करका कारण इन्टरनेटको शुल्क महँगो हुन पुगेको बताएका हुन् । इन्टरनेट अत्यावश्यक सेवाको सूचीमा पर्ने भएपनि सरकारले धेरै कर लगाउँदा सर्वसुलभ हुन नसकेको उनीहरुको भनाई छ । कार्यक्रममा इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान)का अध्यक्ष सुधीर पराजुलीले अन्य अत्यावश्यक सेवामा कुनै कर नलगाउने तर इन्टरनेटमा लगाउने गरेको बताउनुभयो ।
सरकारले नै इन्टरनेटमा कर बढी लगाएर सेव शुल्क महँगो बनाएको अध्यक्ष पराजुलीले बताउनुभयो । पूर्वाधारको सहप्रयोग गरी इन्टरनेट वितरण हुँदा लागत कम हुनसक्ने भएपनि सरकारले पूर्वाधार कम्पनी खोल्न सहयोग नगरेको पनि बताउनुभयो । कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले ब्रोडव्याण्ड इन्टरनेटको विस्तार १० प्रतिशलते बढ्दा यसले कूल ग्रार्हस्थ उत्पादनमा १ दशमलब ३ प्रतिशतले योगदान गरेको बताउनुभयो । सरकारले इन्टरनेटको लागत वार्षिक प्रतिव्यक्ति आयको ५ प्रतिशतमा झार्न प्रयास गरिरहेको पनि उहाँले बताउनुभयो ।
अर्थ मन्त्रालयका उपसचिव शरद निरौलाले सरकारले पूर्वाधार बनाउनको लागि लगानी गर्नुपर्ने भएकाले कर उठाउनै पर्ने बाध्यता रहेको बताउनुभयो । उहाँले अवस्था हेरेर इन्टरनेटको कर हेरफेर हुने भन्दै लागत सस्तो हु“दैमा प्रयोग नबढ्ने दावी समेत गर्नुभयो । अहिलेपनि उपभोक्ताबाट इन्टरनेट सेवा महँगो भएको गुनासो नआएको बताउनुभयो । नेपाल विद्युत् प्राधिकरणका निर्देशक श्रीराम पाण्डेले विश्वको अनुभव हेरेर नै प्राधिकरणले पोलको भाडादर कायम गरेको भन्दै तत्काल पोल भाडा नघट्ने बताउनुभयो ।
नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले नेपालको इन्टरनेट खासै महंगो नभएको बताउनुभयो । इन्टरनेटको लागत कम गर्नका लागि पूर्वाधारको प्रयोगलाई डुप्लिकेसन हुन दिन नहुने बताउनुभयो । इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले वितरण प्रणालीलाई व्यवस्थित गर्न सक्दा समेत इन्टरनेटको लागत कम हुने उहाँले बताउनुभयो ।
इन्टरनेटको कर घटाउने र पूर्वाधार प्रयोगको भाडादर कम गरेमा इन्टरनेट सेवालाई सबैको पहुँचमा पु¥याउन सकिने सरोकारवालाहरुको भनाई छ । प्राधिकरणले आप्mनो पोल र ओपीजीडब्लु केवलको भाडा दर बढाउ“दा ग्रामीण क्षेत्रमा इन्टरनेट विस्तारमा समस्या भएको इन्टरनेट व्यवसायीहरुले बताएका छन् । नोटः यो समाचार आर्थिक पत्रकार समाज (सेजन)ले बुधबार आयोजना गरेको कार्यक्रमबाट तयार पारिएको हो । कार्यक्रम ढिलो सम्पन्न भएको र समाचारका लागि भिडियो ढिलो आइपुगेकाले आज (बिहीबार) समाचार बनाई पठाएका छौं । आफ्नो अनुकुलतामा प्रयोग गर्न सक्नुहुन्छ । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

सिफारिस: