×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ग्रीनलाइफ हाइड्रोपावरको ४ लाख ९६ हजार ४०० कित्ता आईपिओ यहि साता बाँडफाँड हुदैँ, कहाँ र कुन दिन हुँदैछ ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ यहि हप्ता बाँडफाँड गर्ने तयारी गरिएको छ । बिक्री प्रबन्धक बिओके क्यापिटलका अनुसार कम्पनीको आइपीओ शुक्रबार बाँडफाँड गर्ने तयारी गरिएको हो । कम्पनीले माघ २३ गतेदेखि प्रतिसेयर १०० अंकित मूल्यका कुल ३४ लाख ९६ हजार ४०० कित्ता आईपिओ जारी गरेको थियो । जसमध्ये १८ लाख कित्ता र स्थानीय बासिन्दाका लागि जारी सेयरमा बिक्री नभएको १६ लाख ८६ हजार ४०० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो ।
त्यसमध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि र ६९ हजार ९२८ कित्ता सेयर कर्मचारीहरुका लागि बाँडफाँट गरिएको थियो भने बाँकी रहेको ३२ लाख ५१ हजार ६५२ कित्ताका सेयर सर्वसाधारणको लागि छुट्टयाईएको थियो । कम्पनीको आइपीओमा १३ लाख ३७ हजार ९४२ जना आवेदकबाट २ करोड ३९ लाख ७६ हजार ६०० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ । यो कम्पनीले बिक्रीमा ल्याएको आइपीओको ७.३७ गुणा धेरै हो । मागभन्दा धेरै आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताका दरले सेयर वितरण हुनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: