×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

महिला लघुवित्त वित्तीय संस्थाको ४ लाख कित्ता आइपीओ मंगलबार कार्यालय समयसम्म मात्रै भर्न पाइने

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको आइपीओमा आवेदन दिने आज मंगलबार अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म मात्रै संस्थाको आईपिओमा आवेदन दिन सकिनेछ । संस्थाको गत शुक्रबारबाट कुल ४ लाख कित्ता आइपीओ बिक्री खुला भएको थियो । 
संस्थाको ४ लाख कित्ता आइपीओमध्ये ५ हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्याइएको छ । २० हजार कित्ता सेयर म्युचुअल फन्डलाई बाँडीएको छ । यस्तै बाँकी ३ लाख ७५ हजार कित्ता सेयरमा भने सर्वसाधारणले आवेदन दिन सक्नेछन् । आइपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङलाई नियुक्त गरिएको छ । सर्वसाधारण लगानीकर्ताले सो सेयरमा सी–आस्वाको माध्यमबाट आवेदन दिन सक्नेछन् ।
कम्पनीको सेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ भने आइपीओ फागुन ४ गतेसम्म भर्न सकिनेछ । उक्त समयमा सबै सेयर बिक्री नभएमा भने फागुन १२ गतेसम्म खुला रहनेछ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: