Skip to content
LAXMI SUNRISE BANK

‘तिमीहरुको बैंक तिमीहरु नै गरेर खाओ’ भन्दै सनराइज बैंकका सीइओ जनक शर्मा पौड्यालले दिए राजिनामा !

अर्थ सरोकार

काठमाडौं । नेपाली बैंकिङ क्षेत्रमा पछिल्लो समय सार्है विवादमा परेका  सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले पदबाट राजीनामा दिएका छन् । आजैमात्र उनले राजिनामा दिएका हुन् । उनले राजिनामाको तयारी गरेपछि आरती राणालाई बढुवा गरिएको थियो ।
सीईओ शर्मा ४ वर्षका लागि नियुक्त भएका थिए ।

‘कहिले कुरा मिल्दैन। तिमीहरुको बैंक तिमीहरु नै गरेर खाओ भनेर छाडेँ,’ पौडेलको भनाइ उदृत गर्दै बैंकका एक उच्च अधिकारीले अर्थ सरोकारसँग भने।

उनको नियुक्तिकै बेला अर्थ सरोकारले उनको कार्यकाल पूरा हुन निकै गाह्रो हुने विश्लेषण प्रकाशन गरेको थियो । अन्तत यो विश्लेषण पुष्टी भएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK