Skip to content
LAXMI SUNRISE BANK

ज्योति लाइफ इन्स्योरेन्सले ६६ करोड रुपैयाँको ६६ लाख कित्ता आईपीओ बिक्री गर्ने, धितोपत्र बोर्डबाट पायो अनुमति

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ६६ करोड रूपैयाँ बराबरको आईपीओ बिक्री गर्ने भएको छ । कम्पनीलाई नेपाल धितोपत्र बोर्डले १०० रुपैयाँ अंकित दरमा ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ निष्कासन गर्ने अनुमति दिएको हो । 
कम्पनीले आईपीओ बिक्री खुल्ला गर्नका लागि मंसिर १९ गते (शुक्रबार) सेबोनमा निवेदन पेश गरेको थियो । सोहि अनुसार बोर्डले आइपिओ निष्कासन गर्ने अनुमति प्रदान गरेको हो । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK