×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘कमलपोखरी निर्माण कार्य गुरुयोजना अनुरुप नै छ, विरोध गर्नु पर्दैन’ : प्रमुख प्रशासकिय अधिकृत ज्ञवाली

PRIME CA
GLOBAL IME BANK

‘कमलपोखरी निर्माण कार्य गुरुयोजना अनुरुप नै छ, विरोध गर्नु पर्दैन’ : प्रमुख प्रशासकिय अधिकृत ज्ञवाली

२० माघ २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कमलपोखरी निर्माण कार्य गुरुयोजना अनुरुप नै भएकोले बिरोध गर्नुपर्ने कारण नभएको बताएको छ । मंगलबार काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेश्वर ज्ञवालीले कमलपोखरीको संरक्षण गर्नका लागि गुरु योजना बनाएर निर्माण कार्य गरिरहेको र कमल पोखरीको जग्गामा अनाधिकृत रुपमा बनाइएको स्पोर्टस् क्लव र राधेराधेको भवन हटाएकाले त्यसको विरोध गर्नुपर्ने कारण नभएको बताउनु भयो ।
उक्त भवनहरु नक्सा पास गरेर स्वीकृति नलिइ बनाईको पनि जानकारी दिनुभयो । कमलपोखरीको जग्गामा बसिरहेका नेपाल प्रहरी र ट्राफिक प्रहरी भने काठमाडौँ महानगरपालिको अनुरोधमा छोडेको उहाँको भनाई छ । स्पोर्टस् क्लव र राधेराधेको भवन अनाधिकृत रुपमा निर्माण भएको सुचना तथा प्रतिवेदन महानगरपालिकाले प्राप्त गरेपछि त्यहाँबाट उक्त भवन हटाइएको प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले बताउनुभयो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: