
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कामना सेवा विकास बैंकले ऋणपत्र बिक्री खुल्ला गरेको छ । बैंकले १० वर्ष अवधिको ‘कामना सेवा विकास बैंक डिबेन्चर २०८७ ’ नाममा ऋणपत्र बिक्री खुल्ला गरेको हो । बैंकले माघ २२ गते बिहीबारदेखि १ अर्ब रुपैयाँ बराबरको १० लाख इकाई ऋणपत्र बिक्री खुल्ला गरेको हो । जसमध्ये ४ लाख इकाई ऋणपत्र सर्वसाधारण लगानीकर्ताहरुको लागि र बाँकी ६ लाख इकाई ऋणपत्र भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थाहरुलाई छुट्याएको छ । यस ऋणपत्रमा वार्षिक ९.५ प्रतिशत ब्याज पाइने भएको छ ।
ऋणपत्रको प्रति इकाई मुल्य १ हजार रुपैयाँ तोकएको छ । न्यूनतम २५ कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन पाइने भएको छ । यस ऋणपत्रमा सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिने भएको छ । लगानीकर्ताले माघ २६ गतेसम्म आवेदन दिन पाउने भएका छन् । उक्त अवधिमा सबै ऋणपत्र बिक्री नभएको खण्डमा भने फागुन ११ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त ऋणपत्रको बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यपिटलले गर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्