
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘मेयर्स कप २०७७ क्रिकेट प्रतियोगिता’ सञ्चालन गर्नका लागि सहयोग गर्ने भएको छ । महानगरपालिकाले क्रिकेट सङ्घलाई ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको हो । यसका लागि मंगलबार सहमति पत्रमा हस्ताक्षर भएको छ । पत्रमा महानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र सङ्घका तर्फबाट अध्यक्ष चतुरबहादुर चन्दले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
महानगरपालिकाले यसअघि पनि ए डिभिजन फुटबल क्लबलाई जनही १० लाख रुपैयाँ, बी डिभिजनलाई जनही ६ लाख रुपैयाँ र सी डिभिजनलाई ४ लाख रुपैयाँ सहयोग गरिसकेको छ । महानगरसँगै देशको पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउन यस प्रकार लगानी गरिएको महानगरपालिकाको भनाइ छ । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले क्रिकेटले अन्तर्राष्ट्रियस्तरमा नेपालको ख्याति बढाएको बताएका छन् । यो प्रसिद्धि बढाउन थप बल पुगोस् र महानगरको पहिचान पनि सँगै विस्तार होस् भनेर सङ्घलाई सहयोग गरेको पनि बताएका छन् । नेपाली क्रिकेट खेलाडीको आत्मबल बलियो बनाएर अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नतिजा ल्याउन महानगरको सहयोगले ठूलो काम गर्नेछ ।
समारोहमा सङ्घका अध्यक्ष चन्दले भने, “यस वर्ष महानगरले लगानीलाई अर्को वर्ष थप गर्ने गरी हामी नतिजा देखाउँछौँ ।” कामपा सामाजिक विकास विभागका प्रमुख दीपक अधिकारीका अनुसार सङ्घलाई सम्झौताबमोजिम दुई चरणमा अनुदान रकम प्रदान गरिनेछ । पहिलो चरणमा ६० प्रतिशत रकम उपलब्ध गराएपछि सङ्घले सञ्चालन गरेका कार्यक्रमका आधारमा दोस्रो किस्ताको रकम दिइनेछ । उपलब्ध यस रकमबाट आउँदो चैत मसान्तभित्र खेलका कार्यक्रम सञ्चालन गरिसक्नुपर्ने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्